हेटौंडा – हेटौंडाको कर्राखोलामा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको छ ।
शुक्रबार साँझ हेटौंडा ५ र ७ को सिमाना न्युरेनी नगदहस्थित कर्रा खोलामा तीन जना पौडी खेल्ने गएका स्थानीय बालकहरु बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राम चन्द्र घिमिरेले जानकारी दिए ।
‘साँझ ६ बजे कर्राखोलामा बालकहरु बेपत्ता भएको जानकारी आएको हो, हाम्रो टोलीले खोजी रहेको छ,’ उनले भने,‘घटनाको बारेमा
पुरा विवरण आउँन बाँकी छ ।’