प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

समानुपातिकतर्फ एक करोड १२ हजार मतगणना: कसले कति मत पाए ?

२०७९ मंसिर १४, बुधबार ०५:४९ बजे

काठमाडौं – प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड बढी मत गणना भएको छ । निर्वाचन आयोगको आज बिहान ९ बजेसम्मको विवरण अनुसार एक करोड १२ हजार मत गणना भएको छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ९७ हजार ६६४ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेस २५ लाख ५५ हजार १५९ मत ल्याएर दोस्रोमा छ ।

माओवादी केन्द्रले ११ लाख ४१ हजार २७३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९७ हजार ७८९ मत ल्याएर चौथोमा छ । 

१ करोठ १२ हजार ४७ मतगणना हुँदा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२६,९७,६६४

नेपाली काँग्रेस
२५,५५,१५९

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,४१,२७३

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,९७,७८९

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७०,३०४

जनता समाजवादी पार्टी, नेपाल
३,९३,५९९

जनमत पार्टी
३,५४,३८५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,८२,१८९

नागरिक उन्मुक्ति पार्टी
२,४४,३४३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४८,५०७