प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भिरबाट लडेर स्याङतानको मृत्यु

२०८१ आश्विन २१, सोमबार २०:०७ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने ६३ वर्षिय दिल बहादुर स्याङतान रहेका छन् ।

स्याङतानको घर देखि एक किलोमिटर उत्तरतर्फ रहेको आफ्नै खेतमा गई घर फर्किने क्रममा बाचखोल्सीस्थित गोरेटो बाटोको छेउबाट लडेर स्याङतानको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार उनको भीरबाट करिब ५ मिटर तल खसेर मृत्यु भएको हो ।