हेटौंडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका-११, गोल्पिङटारमा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब २ः३० बजे आफ्नै घरको तला थप्ने क्रममा सडकपारिको फलामको रड घरतर्फ ल्याउने क्रममा रड ११,००० भोल्ट विद्युत् तारमा छोइएपछि मिया गम्भीर घाइते भएका थिए।
उपचारका लागि उनलाई चुरेहिल अस्पताल पुर्याइएकोमा दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि हेटौडा जिल्ला अस्पतालमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।