प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आइसीसी टि-२० विश्वकप एसिया छनोट: नेपाल र ओमानबीचको उपाधि भिड्न्त आज

२०८० कार्तिक १९, आईतबार ०८:०९ बजे

काठमाडौं – आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आईतबार हुदैछ ।  फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।

त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ । छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।

नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।