हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.५ पिप्ले क्याम्पा रंगशालाबाट मोटरसाइकल चोरी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.८ का एलिस सत्यालको नाममा रहेको बागमती प्रदेश ०३–००३ प ७२३४ नम्बरको रातोकालो २०० सिसीको एनएस पल्सर मोटरसाइलक चोरी भएको हो ।
आइतबार मकवानपुर र ललितपुरबिचको फाइनल खेल हेर्ने रंगशाला पुगेका सत्यालले रंगशाला नजिकै पार्किङ्ग स्थालमा मोटरसाइकल पार्क गरेर राखेका थिए । फुटबल खेल सकिएर फर्किने क्रममा पार्किङ्ग गरेर राखेको ठाउँमा मोटरसाइकल नभएको मोटरसाइकल धनि सत्यालले बताए । ‘हामी साथीहरुसंगै फुटबल हेर्न गएका थियौँ, खेल सकिएर बाहिर आउँदा मोटरसाइलनै थिएन,’सत्यालले भने,‘मोटरसाइकल नभएको पाइएपछि चोरी भएको थाहा भयो ।’
सत्यालले मोटरसाइलक र चोरीमा संलग्नको खोजीकार्यको लागि प्रहरीलाई जानकारी गराएका छन् । उक्त मोटरसाइलक देख्ने जो कोहीले नजिक प्रहरी कार्यालय र ९८४५७७७०९४ र ९८४५२८६८७६ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।