हेटौंडा – प्रहरीले लागुऔषध गाँजा सहित मकवानपुर भिमफेदी गाउँपालिका दुई युवालाई पक्राउ गरेको छ । महोत्तरी एकडारा गाउँपालिका–३ अजमरपट्टीबाट भिमफेदी गाउँपालिका–१ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले १ सय केजी लागूऔषध गाँजा सहित सोमबार राति पक्राउ गरेको हो । प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । ट्रकका चालक रुपेश र सहचालक अनिललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।