प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

किवानिज क्लब हेटौंडाको पद हस्तान्तरण

२०८१ मंसिर १६, आईतबार ०८:५८ बजे

हेटौंडा – किवानिज क्लब हेटौंडाको पद हस्तान्तरण भएको छ । अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब हेटौंडाको वर्ष २०२३/२४ का अध्यक्ष सुवर्णकेशर लामिछानेले वर्ष २०२४/२५ का अध्यक्ष गंगा पौडेललाई पद हस्तान्तरण गरेका हुन् ।

किवानिज क्लब हेटौंडाका वर्ष २०२३/२४ का अध्यक्ष लामिछानेको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा किवानिज क्लव नेपालका निवर्तमान गभर्नर तीर्थकुमार सिंहले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको रुपमा सन २०१५ देखि नेपालमा सक्रिय रहेको बताए । यो संस्थाले १८ वर्ष मुनीका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्वविकास लगायतका क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । कार्यक्रममा बिशिष्ठ अतिथि हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको बिवानिजलाई वडाको तर्फबाट पनि आवश्यक सहयोग हुने बताए ।


किवानिज नेपालका भाइस गभर्नर रामहरि सुबेदी, किवानिज नेपालका सचिव शिबबहादुर काफ्ले, किवानिज चाइल्ड फण्ड चियरपर्सन गोपीमान श्रेष्ठ, डिभिजन–३ का साउथ एलटी गभर्नर डा. अनुपमा श्रेष्ठको उपस्थितिमा पद हस्तान्तरण भएको हो । गत सेप्टेम्बर महिनामा भएको निर्वाचन कार्यक्रमले अध्यक्ष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको भएपनि शनिबार हस्तान्तरण गरिएको हो । कार्यक्रममा किवानिज क्लबका मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुली, उपाध्यक्ष भानुभक्त आचार्य, सदस्य पूर्णप्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो ।