प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ७० क्याप्सुल ट्रामाडोलसहित एक व्यक्ति पक्राउ

२०८१ कार्तिक १४, बुधबार २०:२९ बजे

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लामसुरे हाईटबाट ७० क्याप्सुल लागू औषध ट्रामाडोलसहित एक व्यक्ति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मिति २०७८ कात्तिक १३ गते राति करिब १०स्०० बजेको समयमा विशेष सुराकीको आधारमा उक्त व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्ति रौतहट जिल्लाको देवाही गोनाह नगरपालिका वडा नं. २ का २३ वर्षीय शिव शंकर पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जो हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा डेरा गरी बस्दै आएका थिए। प्रहरी टोलीले उनलाई शंका लागी खानतलासी गर्दा उनको साथबाट ट्रामाडोलका ७ पत्तामा ७० क्याप्सुल फेला परेको बताइएको छ।

शिव शंकर पाण्डेलाई लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।