प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

मकवानपुरमा थप एक वडामा कांग्रेस विजयी

२०७९ बैशाख ३१, शनिबार २३:२३ बजे

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको विजय सुरुवात भएको छ । पालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका तेज बहादुर ब्लोन ३७५ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का कमल बहादुर तितुङ लामाले ३६४ प्राप्त गरेका हुन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का बुद्धिराज गिरीले २८ मत प्राप्त गरेका छन् ।

कैलाशको एक नम्बर वडामा जम्मा १०९६ रहेकोमा ८०६ मत खसेको थियो । जसमा १८ मत बदर भएको हो । यसअघि कांग्रेसले भिमफेदी,मनहरी, इन्द्रसरोबर, कैलाश गाउँपालिकाको वडा नं. १ मा विजयी हासिल गरेको थियो ।