प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

मकवानपुरका राजेन्द्र र नारायण प्रहरीको फन्दामा

२०८० फाल्गुन २७, आईतबार २०:३० बजे

हेटौंडा – अबैध लागुऔषध चरेस सहित मकवानपुरका दुई युवा धादिङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र सोही ठेगाना बस्ने २३ वर्षीय नारायण दमाई रहेका छन् ।

थाक्रे गाउँपालिका–३, अमर्ख स्थित महादेववेशीबाट मकवानपुर जाने भित्री सडकखण्डमा प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरी टोलिले चेकजाचँ गर्ने ना ४ ख ४८३ नम्बरको बसमा सवार दमाईद्वयलाई अन्दाजी ९ किलो ५०० ग्राम लागुऔषध चरेस सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

उक्त लागुऔषध चरेस सहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।