प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोक्का पक्राउ

२०८२ असार ६, शुक्रबार १८:५५ बजे

काठमाण्डाै। सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन् ।

रोल्पाको थवाङ गाउँपालिका–२ घर भई काठमाण्डौको टोखा नगरपालिका–३ सूर्यदर्शन टोल बस्ने ४४ वर्षीया रोक्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

६० किलो सुन तस्करी मुद्दामा अनुसन्धान शुरू भएपछि उनी फरार रहेकी थिइन् । रोक्कालाई कानूनी कारबाहीका लागि आइतवार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइने ब्युरोका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले बताउनुभयो ।