हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ प्रतापुरमा बाबुले छोरामाथि लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार स्थानीय ३९ बर्षीय नग्रेन्द्र राइले माधक पदार्थ सेवन गरी आफ्नै छोरा छोरा १८ बर्षीय प्रेमराज राईमाथि लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
घरायसी विषयमा विबाद भएपछि नगेन्द्र आफ्नै छोरा प्रेमराजमाथि लठ्ठीले प्रहार गरी टाउको चोट पुर्याएको प्रहरीले जनाएको छ । घाइते प्रेमराजको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको बताईएको छ । कुटपिटमा संलग्न नगेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।