प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मङ्सिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा

२०७९ कार्तिक २९, मंगलबार १०:०० बजे

काठमाडौं – नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज (मङ्गलबार) जारी गरेको विज्ञप्तिमा विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते दुई दिन बिदा हुने उल्लेख छ ।

मङ्सिर २ गते शुक्रबार, ३ गते शनिबार, ४ गते मतदानको दिन र ५ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।