प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घाँस काट्न गएकी श्रीमतीको हत्या, त्यसपछि प्रहरीलाई फोन

२०७९ फाल्गुन १३, शनिबार ०३:१५ बजे

हेटौंडा – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उदयपुरमा आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका–९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अुसार पौडेलले बेलका नगरपालिका–६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घाँस काट्न गएकी श्रीमती युनिशालाई खुकुरी प्रहार गरी हत्या गरेको थिए । पौडेलले आफैँले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।