हेटौंडा – मकवानपुर जिल्लाको दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचनमा विजयी भएका नेताहरु अहिले आफ्ना क्षेत्रका मतदाताहरुलाई धन्यवाद दिनका लागि भ्याइ नभ्याइ भएको छ । बिहानको झिसमिसे देखि राती अवेर सम्म आम मतदाताहरुलाई धन्यवाद दिने कार्यक्रममा फेरी व्यस्त भएका छन् ।
चुनावमा निर्वाचित भएलगतै मकवानपुरको प्रतिनिधीसभा र प्रदेशसभाका सांसदहरु आम मतदाताहरुको घरैदैलोमै पुगेर धन्यवाद दिनका लागि व्यस्त भएका हुन् । मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा विजयी भएका राप्रपाका नेता दिपक बहादुर सिंह, क्षेत्र नम्बर–२ मा विजयी हुनु भएका क्षेत्र नम्बर–२ का एमालेका महेश कुमार बर्तौला चुनावब अघि स्तैगरी बिहान देखि बेलुका सम्म आम मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिईरहेका रहेका छन् ।
मकवापनुर क्षेत्र नं.२ मा विजयी भएका बर्तौलाले धन्यवाद घरदैलो कार्यक्रमको तालिका समेत सार्वजनिक गरेका छन् । उनको धन्यवाद घरदैलो मंसिर २१ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।
त्यसैगरी मकवानपुर क्षेत्र नम्बर–१ को (क) का नेकपा माओबादी केन्द्रबाट विजयी भएका प्रेमबहादुर पुलामी, (ख) का एमालेबाट विजयी भएका एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को (क) बाट बिजयी माओबादीका कुमारी मोक्तान, (ख) बाट बिवजयी भएका नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँ मतदाताहरुलाई धन्यवाद दिने काममा व्यस्त भएका हुन् ।