प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खेलप्रेमी सुदिपद्वारा खेल सामाग्री सहयोग

२०७९ जेठ ३, मंगलबार १०:२० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित वनविज्ञान अध्ययन सस्थान(फरेष्ट्री) मा प्रशिक्षण गर्ने फुटबल खेलाडीहरुलाई सहयोग भएको छ । बिजयी युथ क्बलका अध्यक्ष तथा खेलप्रेमी सुदिप राजबहाक(कोब्रा)ले ४० हजार मुल्य बराबरको खेलकुद सामाग्री सहयोग गरेका हुन् ।

राजबहाकले वडाअध्यक्षमा पराजित भएकै दिन सोमबार विहान खेलाडीहरुको प्रशिक्षण स्थलमा पुगेर फुटबल लगायत प्रशिक्षणको लागि आवश्यक खेलकुद सामाग्रीहरु प्रशिक्षक विजयलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नं.२ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वार दिएका थिए ।

राजबहाकले सामाजिक सञ्जाल फेसबुकमार्फ. चुनावमा आफुले पाएको नतिजाको प्रतिक्रिया समेत दिएका छन् । उनले चुनावी नतिजाबाट आफुमा रहेको युवा जोश र जागर कतै बिचलित हुन नदिने बताए । ‘जित हार स्वीकार गर्न नै मैले स्वतन्त्र उम्मेद्बारी दिएर चुनावमा सहभागी भएको हुँ। हजुरहरुको ३०१ मत मेरो लागि जित हो। हारले मेरो जोश जागरलाई कतै बिचलित पार्ने छैन। भोलिका दिनमा एस वडावासीको हरेक शुखःदुखमा मेरो साथ रहने प्रतिबदता गर्दछु। उनले लेखेका छन् ।