प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक महिलाले प्रहार गरिन् श्रीमानमाथि बञ्चरो

२०८० श्रावण १, सोमबार १३:३९ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् । घाइते हुनेमा बकैया गाउँपालिका–३ जलजलेका ५६ वर्षीय श्रीमान भरत थिङ रहेका छन् ।

आइतबार राति घरमा सामान्य झगडा हुँदा ४० वर्षीया सितल थिङले आफ्नै श्रीमान भरतमाथि बन्चरो प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बन्चरो प्रहारबाट भरतको टाउको र ढाडमा चोट लागेको छ ।

भरतको अवस्था मध्यम रहेको र उपचारको लागि हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।