प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रवि लामिछाने भारी मतान्तरसहित विजयी

२०८० बैशाख १२, मंगलबार ०७:०४ बजे

चितवन – प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।लामिछाने ४२९६२ मतान्तर सहित विजयी भएका हुन् ।

खसेको मत मध्ये लामिछानेले ५४१७६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन्। यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित भएका थिए।