प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

राष्ट्रपति भण्डारी अस्वस्थ

२०७९ आश्विन २२, शनिबार ०६:०० बजे

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी परेकी छन्। स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुघा खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अस्पताल उपनिर्देशक डा.निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।