काठमाडौं – आइसिसी यू-१९ विश्वकपअन्तर्गत न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।
नेपालका ओपनिङ ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएका छन्। अर्जुनले २६औं ओभरमा अर्धशतक पूरा गर्ने क्रममा ७३ बल खेल्दै ६ चौका प्रहार गरे।