प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट श्रीमानश्रीमती पक्राउ

२०८० असार ११, सोमबार ०७:१० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध सहित श्रीमानश्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश बलिया गरवार बिसुकिया बस्ने ३४ वर्षीय को हनुमान विंद र उनको श्रीमती ३५ वर्षीया सर्मिला मण्डल रहेका छन् ।

प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । हेटौंडा बसपार्कस्थित वीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रुपमा बसिरहेका विंद र मण्डललाई चेकजाँच गर्दा दुई वटाबाट १४ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

लागुऔषध गाँजा सहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।