प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बकैया गाउँपालिकामा एमालेको निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण

२०७८ चैत्र १८, शुक्रबार १३:३३ बजे

हेटौंडा – नेकपा एमाले बकैया गाउँपालिका कमिटीले आउँदो निर्वाचनको लागि केन्द्रीत एकदिने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीको केन्द्र,प्रदेश जिल्लाबाट खटिएका प्रशिक्षकले पालिका कमिटी पदाधिकारीसहित सदस्य,वडा कमिटीका अध्यक्ष र जनवर्गीय संगठनका नेता अध्यक्षहरुलाई प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं मकवानपुर सह–ईन्चार्ज कृष्णप्रसाद दाहालले पालिकाको १२ वटै वडा र पालिका जित्ने गरि चुनावी अभियानमा लाग्न निर्देशन दिए । उनले एमालेले सरकारमा रहँदा गरेको कामहरुलाई जनस्तरमा प्रचार गर्न र पार्टीको एजेन्डा बारे प्रष्ट पार्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य दाहाल सहित एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेल,जिल्ला सचिवालय सदस्यहरु दल बहादुर वाईवा,कृष्ण चौलागाई,सदस्यहरु बेल प्रसाद दाहाल,सरला बोलखे,रामबहादुर गोले,पालिका अध्यक्ष गोपाल दाहाल लगाएतले स्थानीय निर्वाचन केन्द्रीत पार्टीको जनपरिचालन अभियानका बारेमा कार्यकर्तालाई प्रशिक्षित र चुनावी एजेन्डाबारे प्रष्ट पारेका थिए ।

३ सय ५१ जनाको निर्वाचन प्रचारप्रसार समिति निर्माण
एमाले बकैयाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि ३ सय ५१ जनाको निर्वाचन प्रचारप्रसार समिति निर्माण गरेको छ । पालिका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा ३ सय ५१ सदस्सीय निर्वाचन प्रचारप्रसार समिति बनेको हो ।