प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा बस दुर्घटना हुँदा १० जना घाइते, ३ जना डिस्चार्ज

२०८० माघ १०, बुधबार १७:२० बजे

हेटौंडा – धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ पुतलीबजारमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

हेटौंडाको फुर्केचौरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टदा बसमा सवार १५ जना मध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घाइते हुनेहरुमा हेटाँैंडा–१७ हटिया बस्ने २५ बर्षीया पुष्पा डंगोल, २१ बर्षीया रुपा डंगोल, हेटौंडा–१८ बस्ने ४५ बर्षीया महिला, ७० बर्षीय पुरुष, हेटौंडा–१७ बस्ने ५१ बर्षीय शंकर राई, ५५ बर्षीया आशा राई, पर्सा बिरगंज घर भई हेटौंडा–१६ बस्ने २२ बर्षीया सिमा साह घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मकवानपुरगढी–७ बस्ने ५६ बर्षीया माहिली माया थीङ, मकवानपुरगढी–१ धाप बस्ने ४६ बर्षीय कुमार सिं गोले र हेटौंडा–१८ हर्नामाडी बस्ने ३६ बर्षीय सोम लाल थिङ उपचार पश्चात डिस्चार्ज भएका छन् ।