प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पशुपतिनाथमा विद्यार्थीको कपाल निःशुल्क काटियो

२०८१ बैशाख २४, सोमबार १८:२९ बजे

हेटौंडा – पशुपतिनाथ माविले लामो कपाल पालेका विद्यार्थीको कपाल काट्न सुरु गरेको छ । आइतबार विद्यालयमा अध्ययन गर्ने ४० जना विद्यार्थीको निःशुल्क कपाल काटेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले लामो कपाल पालेर अशोभनीय कार्य गरेको भन्दै विद्यालयमै कपाल काट्ने ब्यवस्था मिलाइएको बताइएको छ । मनहरी गाउँपालिकाले स्थानीय युवालाई कपाल काट्ने सीप सिकाएर स्वरोजगार बनाउने अभियान थालेको छ ।

गाउँपालिकाको तालिम लिइरहेका युवालाई दक्ष बनाउनका लागि पनि विद्यालयमा लामो कपाल पाल्ने विद्यार्थीको कपाल काट्ने अभियान थालिएको बताइएको छ ।