हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ मा कारले मोटरसाइकललाई ठक्कर दिएको छ । पिप्लेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ६०३२ नम्बरको कारले ना १ प ९५८३ नक्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको हो ।
कारको ठक्करबाट मोटरसाइकल चालक ६७ बर्षीय राम चन्द्र सुवेदी घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।