प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको रातोमाटेबाट एक महिला पक्राउ

२०८० फाल्गुन १६, बुधबार २०:३८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्टबाट बुधबार बिहान लागुऔषध गाँजा सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका– ६ घर भई हाल मनहरी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३५ की शिरपती चौधरी रहेकी छन् ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ जादैँ गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बसमा चौधरीलाई शंका लागेर रितपुर्वक खानतलासी गर्दा उनले बोकेको झोलाबाट १२ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती लिएर चौधरीमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।