प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका आठवटा वडाहरुमा एकल महिलाहरुका लागि सचेतना तथा शसक्तिकरण कार्यक्रम सम्पन्न

२०७९ फाल्गुन ७, आईतबार १४:०४ बजे

हेटौंडा – मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको आयोजनामा र हेटौंडा उपमहानगरपालिका अन्तरगतको महिला तथा बालबालिका महाशाखाको आर्थिक सहयोगमा हेटौंडाका आठवटा वडाहरुमा सचेतना तथा शसक्तिकरण कार्यक्रम आयोजना गरिएको छ ।

माघ र फागुन महिनाको हालसम्ममा हेटौंडाका बिभिन्न आठवटा वडाहरुमा उक्त अभियान संचालन गरिएको हो । एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि र एकल महिलाहरुको अधिकार समाजका एकल महिलाहरुलाई बुझाउने उद्देश्यले उक्त अभियान संचालन गरिएको थियो ।

अभियान अन्तरगत माघ २३ गते वडा नम्बर १३ मा,माघ २६गते १४ मा,फागुन २ गते १२ मा,फागुन ३ गते १५ म्ँ ४ गते १८ मा र ५ गते ३ तथा आइतबार हेटौंडाको वडा नम्बर ५मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

आइतबारको कार्यक्रम भने मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको कोषाध्यक्ष निर्मला पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष शुशील घिमिरे रहनु भएको थियो ।

कार्यक्रममा सोही वडाकी सदस्य रंजिता सिलवाल,संजिवनी बचत तथा ऋण सहकारीको अध्यक्ष जानकी चौधरी,आयोजक समूहको महासचिव शारदा चौलागाईको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा प्रदेश अधिकृत अप्सरा अर्याल,जिल्ला सदस्यहरु रेखा पुडासैनी,कल्पना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सोमबार १९ नम्बरमा कायक्रम गरेर यो अभियान सकिने पनि जनाइएको छ ।