प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा ट्रकले ट्रकलाई ठक्कर दियो

२०८० भाद्र ५, मंगलबार ०५:२० बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ मा सोमबार ट्रकले रोकिराखेको ट्रकमा ठोक्किँएर पैदलयात्रीलाई ठक्कर दिएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ५ नम्बरको ट्रकले सोही स्थानमा रोकी राखेको प्र.२–०३–००१ ख ५४४० नम्बरको ट्रकको पछाडी भागमा ठक्कर दिएर पैदलयात्रीलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय ६० बर्षीया सानो कान्छी सुबेदी गम्भिर घाइते भएकी छन् । उनको उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । उपचार सम्भव नभएपछि उनको चितवन पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुबै ट्रकको चालकलाई नियन्त्रणमा लिएको छ ।