प्रहर खबर
 २०८१ बैशाख ७, शुक्रबार    

औंठी र मोवाइल लिन गएका हेटौंडाका थिङ सहित चार जना पक्राउ

२०७९ भाद्र १, बुधबार १०:४७ बजे

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुनका गरहनासहित चार जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका–१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् ।

प्रहरीले दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने गर्दा करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन–१३ बरामद गरेको थियो । उक्त औंठी र मोबाइल लिन विमास्थलमा आएका थिङ, मगर र तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।