प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठ र खड्काको मृत्यु

२०७९ फाल्गुन २५, बिहीबार १४:०६ बजे

हेटौंडा – टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । काठमाण्डौको शंखरापुर नगरपालिका ९ मा बुधबार बेलुकी बा ५ ख २४१४ नम्बरको टिपरले बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको दुईओटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ४४९८ नम्बरका मोटरसाइकल चालक काठमाण्डौको साँखु बस्ने ५० वर्षीय पवन लाल श्रेष्ठ र अर्का मोटरसाइकल चालक स्थानीय २२ वर्षीय हरि खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी ८३५७ नम्बरको मोटरसाइकलमा पछाडी सवार शंखरापुर नगरपालिका ७ की २० वर्षीया पुनम श्रेष्ठको भने ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तिन वटै सवारी साधन सहित टिपर चालकलाई प्रहरी वृत्त बौद्दले नियन्त्रणमा लिएको छ ।