प्रहर खबर
 २०७९ माघ १९, बिहीबार    

मकवानपुरमा असारेको झोल सेवनबाट एकजनाको मृत्यु

२०७९ माघ ११, बुधबार १३:२७ बजे

हेटौंडा – मकवानपुरमा असारेको झोल सेवन एकजनाको मृत्यु भएको छ । जिल्लाको थाहा नगरपालिका–११, टिस्टुङ मालागिरी बस्ने अन्दाजी ६७ वर्षीय आईते थोकरको मृत्यु भएको हो ।

आफ्नौ घरमा राखेको असारेको झोल सेवन गर्दा थोकर बिरामी भएका थिए । उनको क्रिष्ट अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।