प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मकवानपुरमा थप एक वडामा गठबन्धनबाट कांग्रेसको उम्मेदवार विजयी

२०७९ जेठ १, आईतबार ०४:५२ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.२ मा गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवार बुद्ध राम मुक्तान विजयी भएका छन् ।

४७८ मत सहित विजयी भएका मुक्तानले नेकपा एमालेका सीताराम प्रजालाई ११३ मतले पराजित गरेका हुन् । प्रजाले ३६५ प्राप्त गरेका छन् ।

 वडासदस्यमा भने कांग्रेसले दुई वटा जितेको छ भने एमाले र माओवादी केन्द्रले एकएक जितेको छ । खुल्ला तर्फ कांग्रेसका प्रदिप मुक्तानले ४६७ र एमालेका अर्जुन थिङ ३५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा माओवादी केन्द्रकी शारस थिङले ३९२ र दलित महिला सदस्यमा कांग्रेसकी सुजता दमाईले ४३५ मत प्राप्त गरेकी छन् ।

यससंगै नेपाली कांग्रेस मकवानपुरमा ९ वटा वडामा जित हासिल गरेको छ । यसअघि मकवानपुरगढी, इन्द्रसरोवर, कैलाशमा दुई–दुई, भिमफेदी र मनहरीमा एक/एक वडा जितेको थियो ।