प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा ४५ किलो चरेससहित २ जना पक्राउ

२०८० फाल्गुन १६, बुधबार १८:१२ बजे

मकवानपुर – भिमफेदी गाउँपालिका–२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान र भिमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु रोकी चेकजाँच गर्ने पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

तामाङ र स्याङतानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।