प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१५ जना प्रतिवादी मकवानपुर प्रहरीको फन्दामा

२०८० बैशाख २९, शुक्रबार १४:०० बजे

हेटौंडा – मकवानपुर प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट फैसला भएर हालसम्म फरार रहेका उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दाका ईन्द्रसरोवर गाउँपालिका– ३ बस्ने विष्णु बहादुर ठकुरी, सामुदायिक वनको रुख विधान कार्य विपरित कटान गरेको मुद्दाका साविक वेतिनी गाविस– ५ बस्ने संच लामा, सवारी ज्यान र अंगभंग मुद्धाका भिमफेदी गाउँपालिका–७ मेलटार बस्ने कुमार बल र लागू औषध मुद्दाका हेटौंडा उप महानगरपालिका–१४ कालापानी बस्ने बिजय रुम्बा रहेका छन् ।

मकवानपुर जिल्ला अदालतको पत्रादेशानुसार विभिन्न मितिमा फैसला भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनीहरुको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकोले कारागार कार्यालय भिमफेदी पठाईएको प्रवक्ता कार्कीले बताए । पक्राउ परेकाहरु दुई दिनदेखि एक बर्ष कैद र चार लाखसम्म जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै मकवानपुर प्रहरीले बिहिबार विभिन्न मुद्दाका ११ जना प्रतिवादीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सार्वजनिक अपराध मुद्दाका साविक फापरबारी १ बस्ने मंगल बहादुर गोले, सुदर्शन गोले, साविक धियाल– ३ बस्ने सोम बहादुर स्याङ्तान, वन मुद्दाका बागमती–४ बस्ने खडक बहादुर घलान, नकबजनी चोरी मुद्दाका हेटौंडाका बिजय श्रेष्ठ, बिष्पोटक पदार्थ मुद्दाका बागमती–४ बस्ने हर्कमान तितुङ, रहजनी चोरी मुद्दाका साविक छतिवन–४ बस्ने अमोज गोङ्वा तामाङ, जबरजस्ती करणी मुद्धाका कैलाश–९ बस्ने दिनेश रुम्बा, लागूऔषध गाँजा मुद्धाका राक्सिराङ–८ बस्ने नवराज थिङ्ग, लागू औषध गाँजा मुद्दाका मनहरी–७ की सुकुमाया गिरी, वन पैदावार मद्धाका बागमती–१ बस्ने तिर्साङ्ग लामा थोकर रहेका छन् ।

प्रवक्ता कार्कीका अनुसार पक्राउ परेकाहरु तीन महिनादेखि १० बर्ष कैद र  १ हजारदेखि पौने १२ लाखसम्म जरिवान भुक्तानी गर्न बाँकी रहेका छन् । पक्राउ परेका मध्ये मंगल, सुदर्शन, सोम, खडक र बिजय बाँकी रहेको जरिवाना भुक्तानी गरेर छुटेको छन् भने बाँकी ६ जनालाई  भिमफेदी कारागारमा मकवानपुर थुनाको लागि पठाईएको कार्कीले बताए ।