हेटौँडा – हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित पुरानो मकवानपुर रोडमा मङ्गलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय ५४ वर्षीय रामेश्वर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घरमा एक्लै बस्दै आइरहेका श्रेष्ठ मङ्गलबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा आफ्नै घरको शौचालयमा मृत अवस्था अवस्थामा फेला परेको हो । श्रेष्ठको शव मुचुल्का पश्चात् पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।