प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा टिपर दुर्घटना, चालकको मृत्यु

२०७९ चैत्र १, बुधबार १४:४४ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–१२, खोरभञ्ज्याङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी गाउँपालिका–२, अदुवाखर्क बस्ने अन्दाजी २७/२८ वर्षीय चन्द्र योन्जन रहेका छन् ।

प्रहरीका अनुसार शिवम सिमेन्ट फ्याक्ट्रीको चक्ति ढुङ्गा खानीमा प्याक्ट्रीबाट ढुङ्गा लोड गर्न जाँदै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ८००/९०० मिटर तल खोल्सामा खसेको थियो ।

घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।