हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा अबैध मल सहित प्रहरीले ८ वटा ट्रक नियन्त्रणमा लिएको छ । आठ वटा ट्रकमा ल्याइएको मल राजश्व छलि गरेर भित्रयाएको आसंकामा प्रहरीले मल नियन्त्रणमा लिएको हो ।
अबैध रुपमा निकासी हुँदै गरेको ३ हजार ६८० बोरा मल नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त मलबाहक ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।