प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा आगलागीबाट ५० लाख क्षति

२०७९ कार्तिक १०, बिहीबार ११:२९ बजे

हेटौंडा – हेटौंडामा बिहिबार दिउँसो भएको आगलागीमा परि ५० लाख बराबरको क्षति भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा तरकारी तथा फलफूल थोक बजारमा आगलागी हुँदा क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार बसपार्कमा मिना साहको नास्ता पसलबाट लागेको आगोले तीन वटा तरकारी पसल जलेर नष्ट भएको छ । चार वटा तरकारी पसलमा सामान्य क्षति भएको उनले बताए ।   

आगलागी हेटौंडा उपमहानगरको दुई वटा दमकल, स्थानीयवासी, प्रहरीको सहयोगमा एकघण्टा पछि पुर्ण नियन्त्रणमा आएको थियो । आगलागीबाट मानविय क्षति भने भएको छैन । आगलागीको कारण बिद्युत सर्ट भएर भन्ने कुरा बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।