हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनलाई १० लाख रुपैँया दिने निर्णयविरुद्ध विरोध प्रर्दशन गरेको छ । राप्रपाले शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमै विरोध प्रर्दशन गरेको हो ।
उनीहरुले जनताको रगत पसिनाले तिरेको करबाट उपमहानगरपालिकाले राजनीतिक पार्टी निकट संगठनलाई रकम दिनु नैतिक रुपमा भ्रष्ट्राचार भएको भन्दै बिरोध प्रर्दशन गरेका हुन् । उनीहरुले उक्त निर्णयलाई सच्याउन पनि माग गरेका छन् ।
विकस निर्माणका खर्च गनुैपर्ने रकम कुनै पार्टीको निकट संगठनको अधिवेशनलाई कार्यपालिकाकाको बैठकबाटै रकम दिने निर्णय गर्नु गैरजिम्मेवार काम भएको भन्दै आफुहरुले बिरोध कार्यक्रमको आयोजना गरिएको जिल्ला सदस्य एवम् युवा नेता सम्राट सिंहले बताए ।
उपमहानगरपालिकाको गत भदौ १५ गते सम्पन्न कार्यपालिका बैठकले प्रेस युनियनलाई श्रावण ६ र ७ गते हेटौँडामा भएको ९ औँ राष्ट्रिय अधिवेशनमा भएको खर्च मध्ये १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको थियो ।