प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका दुई युवा प्रहरीको फन्दामा

२०७९ श्रावण २२, आईतबार १५:१६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नयाँपुलस्थित बाटोबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने २८ वर्षीय रमेश बिक र सोही ठाउँ बस्ने २८ वर्षीय सजन बिक रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट गस्तीमा खटिएको प्रहरीले उनीहरूको साथबाट १६ एम्पुल नुर्फिन, १६ एम्पुल फेनारगन र १६ एम्पुल डाइजेपाम सहित शनिबार राति पक्राउ गरेको हो । उनीहरूले झोलामा लुकाई राखेको उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।