प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको १३ वडाको मतपरिणाम सार्वजनिक: कांग्रेस ७, एमाले ६ , माओवादी शून्य

२०७९ जेठ ५, बिहीबार १३:३५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार उपमहानगरपालिकाकोे १९ वडामध्य १३ वटा वडाको मत गणना सम्पन्न भएको छ । बाँकी ६ वटा वडाको मतगणना जारी रहेको छ ।

मतपरिणाम सार्वजनिक १३ मध्ये नेपाली कांग्रेसले ७ र नेकपा एमालेले ६ वटा वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले खाता खोल्न सकेको छैन ।

नेपाली कांग्रेसले वडा नं. १, २, ३, ६, ७, १६ र १७ मा विजयी भएको हो । जसमा हेटौंडा–१ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ मा ढलक बहादुर थापा, ६ मा विष्णु बहादुर दाहाल, ७ मा दामोदर गौतम, १६ मा रामकृष्ण कोइराला र १७ मा उद्धव सत्याल विजयी भएका हुन्।


त्यस्तै नेकपा एमाले वडा नं. ४, ५, १४, १५, १८ र १९ मा विजयी भएको हो। वडा नं. ४ मा नविन सिग्देल, ५ मा सुशील घिमिरे, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी विजयी भएका हुन्।

हाल हेटौंडाको वडा नं. ८, ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगगणना जारी छ । पछिल्लो अपडेट अनुसार मेयर र उपमेयरमा गठबन्धनकै उम्मेदवारको अग्रता कायमै रहेको जानकारी प्राप्त भएको छ ।