प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा झगडा मिलाउन खोज्ने युवकमाथि निर्घात कुटपिट

२०८० पौष ६, शुक्रबार १२:५० बजे

हेटौंडा – हेटौंडामा दुई पक्षीय झगडा गर्ने क्रममा विवाद मिलाउन जाने एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१२ पदमपोखरीस्थित पशुपती मेलामा दुई पक्षीय विवाद भएर झगडा भएपछि छुट्याउन पुगेका स्थानीय २७ बर्षीय सबिन थिङमाथी निर्घात कुटपिट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार बिहिबार बिहान पशुपती मेलामा स्थानीय २९ बर्षीय प्रेम थिङ, २९ बर्षीय रोज लामा घिसिङ, ३० बर्षीय मिलन लामा, आलदमार बस्ने २९ बर्षीय हिरा थिङ लगायतका ब्यक्तिहरुबीच झै–झगडा भएको थियो ।

उक्त झगडामा सम्झाई बुझाई गर्न पुगेका सबिनमाथी झगडामा संलग्न युवाहरुले गम्भीर घाइते हुने गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको बताईएको छ ।

पशुपति मेलामा सबिनलाई स्वयम सेवकको रुपमा खटाईएको थियो । उनलाई कुटपिटमा संलग्न व्यक्तिहरु फरार रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।