प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं पठाईयो, उद्वार कार्य जारी (तस्बिर सहित)

२०७९ जेठ १६, सोमबार १३:०१ बजे

काठमाडौं  – तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये १० जनाको शव काठमाडौं आईपुगेको छ । कोवाङ्गबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं सोमबार साँझ साढे ६ बजे ल्याईएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शवहरुलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल लगिनेछ।  

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको थियो ।

सम्पर्क विहिन भएको उक्त जहाज सोमबार बिहान भेटिएको थियो । खोजीकार्यको लागि सुरक्षाकर्मीको सोमबार बिहान १०ः५५ बजे दुर्घटनास्थलमा पुगेर उद्वार कार्यमा जुटेको थियो ।

अपरान्ह ४ बजेसम्मको प्राप्त विवरण अनुसार उक्त जहाजमा चढेका यात्रुहरुमध्ये १८ जनाको शव फेला पारिएको छ । अन्यको खोजीकार्य भईरहेको छ ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेदीमा सोमबार विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

जहाजमा चालक दलका ३ सदस्य सहित २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए ।

Tara-Air-Crash-at-Mustang1653881980

tara (2)

tara (3)

tara (4)

tara (5)