हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ११ राप्ती चोकस्थित सडकबाट प्रहरीले लागुऔषध खैरोहिरोईन एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१ बस्ने २५ वर्षीय सन्तोष पाण्डे रहेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ११ राप्ती चोकस्थित सडकमा बागमती प्रदेश ०३–००५ प २८३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा बसिरहेको पाण्डेलाई चेकजाँच गर्दा ३८० मिलि ग्राम लागूऔषध खैरोहिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त लागुऔषध, मोटरसाईकल सहित पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।