हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा यात्रुबहाक सुमो दुर्घटना हुँदा तीन बालबालिका सहित १३ जना घाइते भएका छन् ।
कुलेखानी मातातिर्थ काठमाडौं जाने भित्रि सडकखण्डमा बीरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको मधेश प्र.०३–००१ ज ०२८३ नम्बरको सुमो इन्द्रसरोबर गाउँपालिकामा वडा नं.५ मकैबारीमा आज विहान पौने ४ बजे आफै अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा सुमो चालक कलैया नगरपालिका– २१ बस्ने बर्ष २५ को अनिल कुमार शाह बाहेक अरु सबै भारतीय नागरीक रहेका छन् । उनीहरु भारत जानकी चापा छत्तिसगढका हुन् ।
बर्ष २५ कि रचना कुमारी सुर्यबशं, बर्ष ३५ कि गंगा देवि सुर्यबंशी, बर्ष ३० कि मधु सुर्य बशीं, बर्ष ३७को ईन्द्र सेन, बर्ष ३१ की रितु सुर्य बंशी, बर्ष २९ कि सरोजनी देवी, बर्ष ११ कि प्रतिभा सुर्यबंशी, बर्ष २ कि दिब्या सुर्यबशीं, बर्ष ४ को प्रतिक सुर्यबशी, बर्ष ३१ को बिजय कुमार सुर्यबशीं, बर्ष ३५ को अजय कुमार सुर्य बशी र बर्ष ६० कि हाल नाम थर नखुलेको महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको उद्धार गरी काठमाडौंतर्फ उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर