प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

ट्रक चालक कमिटीको ७ बुँदेमाग, सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी, के-के छन् माग ?

२०७९ श्रावण २५, बुधबार १३:३६ बजे

हेटौंडा – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्रक चालक कमिटीले सामान लोड गर्ने स्थानदेखि अनलोड हुने स्थानसम्म आफुहरु समस्यमा परेको भन्दै ७ बुँदे माग सहित ध्यानर्कषण गराएका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कमिटीका मकवानपुर अध्यक्ष नवराज कार्कीले ७ बुँदे मागसहित सरोकारवाला निकायहरुलाई ध्यानर्कषण गराएका हुन् ।

अध्यक्ष कार्कीले देशभर रहेका मालवाह ट्रक चालकहरुलाई भदौ १ गते देखि अनावश्यक कुनैपनि शुल्क नतिर्न आग्रह गरेका छन् । उनले मालवाह ट्रकहरुमा व्यवसायीहरुले सामान लोड अनलोड गर्दा अनावश्यक विभिन्न नामका शुल्क लिने गरेको भन्दै उक्त शुल्क नतिर्न  आग्रह गरेका हुन् ।

उनले  देशको विभिन्न शहरहरुमा सामान लोड अपलोड गर्दा व्यसायीहरुले विना रसिद ढाला खर्च,चलानी खर्च,गद्दी खर्च,मुन्सी खर्च लिने गरेको भन्दै उक्त नतिर्न आग्रह गरे । उनले सामान लोड ढुवानी गर्दा लाग्ने भाडाको टिडिएस काट्दा बिल नपाईएको भन्दै उक्त बिल पाउनुपर्ने माग समेत गरे ।

उनले भारतबाट नेपाल आयात गरिने समानहरु नेपाली भूभागका कुनाकुनास्थानसम्म भारतीय ट्रकहरुले निर्वाध रुपमा ढुवानी गरिरहेकाले नेपालका मालबाहक ट्रक व्यवसायी, स्वरोजगार र श्रमिकहरुलाई गम्भिर असर पुगेको समेत बताए । उनले यसलाई पूर्ण रुपमा नियन्त्रण नगरिए नेपाली लगानी विस्थापित हुने र श्रमिकहरुको रोजगारीमा गम्भिर असर पर्ने बताए । उनले श्रमिक चालकहरुका साझा समस्याहरुलाई सम्बोधनका लागि सरकारसंग आग्रह गरेका छन् ।  \अध्यक्ष कार्कीले आफ्नो मागहरु लिएर यातायात कार्यालयदेखि तीनै तहको सरकार समक्ष जाने र माग सम्बोधन नगरे चरणबद्ध रुपमा संर्घषको कार्यक्रम घोषणा गरि आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

माग पत्रसहित