प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टरबाट खसेर चालकको मृत्यु

२०७९ फाल्गुन ७, आईतबार ०७:५६ बजे

हेटौंडा – बाँकेको नेपालगंज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा आज ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरीक जय प्रकाश बर्मा रहेका छन् ।

गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो १ बजे भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा ट्याक्टरबाट खसेका थिए ।