प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिमरामा दुर्घटना हुँदा एक जना मृत्यु

२०८० कार्तिक ११, शनिबार १७:१७ बजे

हेटौंडा – बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ ग्रिनलाईट होटल अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर भिमदत्त नगरपालिका–११ बस्ने २६ वर्षीय आकाश सोनार रहेका छन् ।

कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ज.१२ प ७१५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा सोनार घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया बारा हुँदै एलएस न्यूरो अस्पताल परवानीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।