प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

भिमफेदी अपडेटः मतान्तर घटाउँदै एमाले, गठबन्धन १०७ अगाडि

२०७९ बैशाख ३१, शनिबार ११:१८ बजे

हेटौंडा — मकवानपुरको भिमफेदी गाउँपालिकामा जारी मतगणनामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार हिदम लामाले मतान्तर घटाउँदै लगेका छन् । यसअघि १४६ मतको अन्तर रहेकोमा लामाले हाल १०७ मा झारेका छन् ।

पछिल्लो अपडेटअनुसार गठबन्धन नेकपा माओवादी केन्द्रका बद्री बहादुर स्याङ्तानले १४ सय ९८ सहित अग्रता लिएका छन् भने लामाले १३ सय ९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकी पार्वती रानाले मतान्तर घटाएकी छिन् । उनले १६१ रहेको मतान्तरलाई १२५ मा झारेकी छिन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठले १५ सय ५ मत प्राप्त गर्दा रानाले १३ सय ८० मत ल्याएकी छिन् ।

त्यसैगरी  वडा नं.२ मा नेकपा एमालेका उम्मेदवार ७४४ मत सहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवारले ७०३ मत प्राप्त गरेका छन् ।